नेभिगेशन
खेलकुद

भीम सार्कीको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु

काठमाडौँ । नेपाली ब्याट्सम्यान भीम सार्कीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका छन् ।

आज नेदरल्याण्डसविरुद्धको खेलमा भीमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका हुन् । उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेल्ने ५२औं खेलाडी बनेका छन् । भीमलाई अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डेभ्यु क्याप दिएका थिए ।

मिडल अर्डरमा स्पेस्लिष्ट ब्याट्सम्यान भीमले एकदिवसीय क्रिकेटमा भने नेपालबाट ३२ खेल खेल्दै एक शतक र ४ अर्धशतक बनाएका छन्।
    
   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद