नेभिगेशन
खेलकुद

नेपालले पाकिस्तान र बंगलादेशको ‘ए’ टीमसँग टी-२० सिरिज खेल्ने

काठमाडौँ । नेपालले पाकिस्तान र बंगलादेशको ‘ए’ टीमसँग टी-२० सिरिज खेल्ने भएको छ ।

अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले सार्वजनिक गरेअनुसार पाकिस्तान र बंगलादेशले टप इन्ड टी–२० सिरिज खेल्ने पक्का भएको हो ।

पाकिस्तान ‘ए’ टोलीले यसअघि सन् २०२३ र २०२४ को संस्करणको उक्त सिरिज खेलेको थियो । बंगलादेश ‘ए’ टिमले सन् २०२३ को संस्करण खेलेको थियो ।

यही अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने उक्त सिरिज नेपालले पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद