नेभिगेशन
समाज विविध

कोशी र कालीगण्डकी गाउँपालिकाको केन्द्र हेरफेर

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ वटा गाउँपालिकाको केन्द्र हेरफेर गरेको छ । 

मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सुनसरीको कोशी गाउँपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिकाको केन्द्र हेरफेर गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ३ बमोजिम सम्बन्धित गाउँ सभाको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव प्रदेश सरकारमार्फत संघीय सरकारलाई प्राप्त भएपछि ऐनकै सोही दफाको उपदफा ४ बमोजिम केन्द्र ती गाउँपालिकाका केन्द्र हेरफेर भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कोशी गाउँपालिकाको केन्द्र वडा नम्बर १, लौकहीबाट हेरफेर गरेर वडा नम्बर ३ को बद्रीपुल कायम गरिएको छ भने कालीगण्डकी गाउँपालिकाको केन्द्र वडा नम्बर ४, कट्टीबाट हेरफेर गरेर त्यसै वडाको गहलाम कायम गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

गुल्मीमा खोलाले बगायो कार