नेभिगेशन
अर्थ विविध

आगामी आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब ऋण उठाउँदै सरकार

काठमाडौं – नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न राष्ट्र ऋण उठाउने सम्बन्धी नयाँ ऐन पारित गरेको छ ।

संघीय संसदले राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । यो ऐन २०८२ साल साउन १ गतेदेखि लागू हुने अर्थमन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा अधिविकर्ष बापत तिर्न बाँकी रकम र अन्य तिर्न बाँकी रकममा थप ३ खर्ब ६२ अर्बमा नबढ्ने गरी राष्ट्र ऋण उठाउन सक्नेछन् । तर, त्यसरी उठाइने राष्ट्र ऋण रकममा नेपाल सरकारले प्रचलित कानून बमोजिम लिन पाउने अधिविकर्ष रकम समावेश नहुने बताइएको छ ।


यस्तै, नेपाल सरकारले राष्ट्र बैंकलाई आर्थिक वर्ष २०८२/८३ सम्मको तिर्न बाँकी अधिविकर्षलाई ट्रेजरी बिलमा परिणत गर्न राष्ट्र बैंकलाई नै स्वीकृति दिन सक्ने उल्लेख छ । यस ऐनले वित्तीय व्यवस्थापनलाई थप पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा पनि गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध