नेभिगेशन
समाज विविध

केआईआईटीमा रुपन्देहीकी प्रकृति मृत्यु प्रकरणः दुरुत्साहन अभियुक्त धरौटीमा रिहा भए अनि...

काठमाडौं– भारतमा आत्महत्या गर्न बाध्य पारिएकी रुपन्देहीकी प्रकृति लम्साल मृत्यु प्रकरणमा दुरुत्साहनको मुद्दा लागेका अभियुक्त धरौटीमा रिहा भएपछि परिवार चिन्तित बनेका छन्। 

उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। 

स्थानीय प्रहरीले दुरुत्साहनमाभारतीय छात्र अद्विक श्रीवास्तव पक्राउ गरेको थियो। अहिले श्रीवास्तव धरौटीमा रिहा भएका छन्। 

उनलाई उडिसास्थित उच्च अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। गत फागुन ४ गते  केआईआईटी कलेजमा अध्ययनरत लम्साल नेपाली छात्रा प्रकृति लम्साल होस्टलमै मृत भेटिएकी थिइन्। उनलाई मर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए। 

यसैबीच, अभियुक्त रिहा भएपछि लम्साल परिवारले परराष्ट्रमन्त्री आरजु राणालाई यस विषयमा गुनासो गरेका छन्।

प्रकृतिका बुवा सुनील लम्सालले अभियुक्तलाई रिहाको आदेश उच्च अदालतले दिएका कारण आफूमाथि अन्याय भएको भन्दै मन्त्री राणामार्फत भारतीय नियोग र परराष्ट्र मन्त्रालयमा जानकारी गराउनका लागि अनुरोध गरेका छन्। 

यस घटनापछि नेपाल र भारतको कुटनीतिक सम्बन्धमा समेत प्रश्न उठेको थियो। भारतीय विदेश मन्त्रालयले पनि यस विषयलाई महत्व दिएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध