नेभिगेशन
विश्व

एयर इन्डिया दुर्घटनाः ११‘ए’मा बसेका यात्रु बाँचेका थिए, के विमानमा यहि सीट सुरक्षित हुन्छ?

काठमाडौं– लन्डनका लागि उडेको एयर इन्डियाको जहाज विहीबार गुजराँतबाट उडेको केही निमेषमा खस्यो।

भारतमा भएको यो जहाज दुर्घटनाले विश्व समुदाय स्तब्ध पनि छ। जहाजमा रहेका विमान चालक दलका १२ सहित २४२ जना सवार थिए। 

सबै मरेको प्रारम्भिक रिपोर्ट दिइयो। तर, ति मध्य एक जना ‘काल’लाई जितेर फर्किएका छन्। अर्थात्, बाँचेका छन्। अन्य २४१ जनाले ज्यान गुमाए। 

एयर इन्डिया उडान नम्बर  एआई१७१ को जहाज अहमावादमा खस्यो। 

तर त्यहाँबाट एक जना मात्र जीवित निस्किनु चमत्कार मानिएको छ। ती व्यक्ति हुन्– बेलायती नागरिक रमेश विश्वासकुमार। जसले मृत्युको मुखबाट फर्किएको अद्भुत कथा सुनाएका छन्।

भारतीय आधिकारिक सञ्चार माध्यमहरुमा प्रसारित समाचार अनुसार ३८–४० वर्ष उमेरका रमेश इकोनोमी क्लासको पहिलो पंक्तिको झ्यालतर्फको सिट नम्बर ११ए मा बसेका थिए।

के यो सीट सुरक्षित हुन्छ? 

विमानसम्बन्धी जानकारका अनुसार विमानमा यो या त्योभन्दे सुरक्षित सीट भनेर बनाइएको हुँदैन। तर, कतिपय अवस्थामा प्रतिशतका आधारमा सुरक्षा अपनाउन सकिने सम्भावना रहन्छन्। 

विश्वासकुमार भाग्यले बाँचेका यात्रु मात्र हुन्। तैपनि विमानमा कुन सीटको टिक काट्ने?

कुनै सीट शतप्रतिशत सुरक्षित हुन्छ भन्ने छैन तर कतिपय सामान्य ज्ञान ध्यानमा राख्न सकिन्छ।

  • कतिपय खोजले भनेका छन् कि विमान दुर्घटनाका समयमा पछाडिका सीटमा बसेका यात्रुको बाँच्ने सम्भावना अन्यको तुलनामा केही प्रतिशत बढी हुन्छ।
  • झ्यालको सीटमा बसेर यात्रा गर्नेलाई केही राहत मिल्न सक्छ। जसका कारण कतिपय भ्रमण एन्जाइटी भएका मानिसले बाहिरको दृश्य देख्न पाउने कारण केही कम त्रसित हुनेछन्। तर आकस्मिक अवस्थामा बाहिर निस्कन मुस्किल हुन सक्छ।
  • आकस्मिक द्वारनजिकको सीटमा बस्नेलाई बाहिर निस्कने बाटो नजिक हुन सक्छ। छिटो र तिव्र गतिमा बाहिर निस्कन सहयोग हुन सक्छ। तर बच्चालाई त्यस्तो सीटमा बस्ने अनुमति हुँदैन।
     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व