नेभिगेशन
समाज विविध

अदालतको विधिसम्मत सामना गर्नेछुः सह–सचिव प्रदीप परियार

काठमाडौं– नेपाल सरकारका सह–सचिव प्रदीप परियारले अदालतमा विधिसम्मत हिसाबले सामना गर्ने बताएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अभियोग दर्ता गराएपछि उनले पहिलो पटक सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। 

सूचना विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका बेला उनलाई मुद्दा दर्ता गरिएको थियो। 

उनले लेखेका छन्,‘मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु। अहिले प्रश्न उठेकाले मैले अदालती  प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु। सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।’
Screenshot-2025-06-12-124048-1749711442.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध