नेभिगेशन
राजनीति

सर्‍यो अनेरास्ववियु महाधिवेशनमा मतदानको समय

काठमाडौँ- अनेरास्ववियुको महाधिवेशनमा मतदान कार्यतालिकामा हेरफेर भएको छ।

बुधबार बिहान १० बजेदेखि मतदान गर्ने भनिए पनि बेलुकी ८ बजेपछि मात्रै मतदान सुरु हुने गरी कार्यतालिका संशोधन भएको अध्यक्ष मण्डलले जनाएको छ।

कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारहरूको नामावली प्रकाशन र रुजुका कार्य भइरहेको छ।

अनेरास्ववियुमा यसपालिदेखि ३२ वर्षे उमेर हद लागू गरिएकोले उम्मेदवारहरूको कागजात भिडाएर रुजु गर्ने काम भइरहेको अध्यक्ष मण्डलले जनाएको छ।

महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन्।

९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति