नेभिगेशन
राजनीति

अख्तियारसहित संवैधानिक आयोगमा 'नियुक्ति बदर'को फैसला आउने अनुमान

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगमा नियुक्त गरिएको ५२ जनामाथिको मुद्दा बुधबार सर्वोच्च अदालतले फैसला गर्ने भएको छ।

संवैधानिक नियुक्ति विवादमा निर्णय सुनाउनुअघि न्यायाधीशहरूबीच छलफलमा बसेका थिए।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चूडाल र नहकुल सुवेदी छलफलमा जुटेका थिए। 

बिहान गोला प्रक्रिया सकेर इजलास सुरू हुनेबित्तिकै प्रधानन्यायाधीश राउतले संवैधानिक नियुक्ति विवादका कागजात झिकाएका थिए। सर्वोच्च अदालतमा यो मुद्दा लामो समयदेखि विचाराधिन अवस्थामा रहेको छ। तत्कालिन केपी शर्मा ओलीको सरकारका पालामा संवैधानिक परिषदको बहुमतको निर्णयका आधारमा नियुक्ति गरिएको थियो।  

सर्वोच्च अदालतमा ३ वटा संवैधानिक इजलास गठन भएका छन्।  तीमध्ये एउटा इजलासमा संवैधानिक नियुक्ति विवादको निर्णय सुनाउने तोकिएको छ।

सर्वोच्चले निर्णय बदर गर्ने अनुमानसहित ५२ जनाको नियुक्ति अवैधानिक ठहर गर्ने अनुमान गरिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी