नेभिगेशन
राजनीति

भारतमा भीषण बाढीका मृतकप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा परेर ज्यान गुमाएका मृतकहरूका प्रति दुःख व्यक्त गरेकी छन्।

‘भारतको उत्तराखण्डमा भएको अविरल वर्षापछि आएको बाढी र पहिरोको घटनाले म दुखी भएको छु। पीडित र उनीहरूका परिवारजनप्रति मेरो समवेदना छ। उद्धार टोलीहरूलाई राहत कार्य सञ्चालन गर्न शक्ति र सफलता मिलोस् भन्ने कामना गर्दछु, ’मन्त्री देउवाले फेसबुकमा लेखेकी छन्।

मंगलबार (आज) भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आउँदा कम्तीमा ४ जनाको मृत्यु भएको  छ भने ५० भन्दा बढी बेपत्ता छन्।

बाढीका कारण सडक, भवन डुबानमा परेका छन्। पर्यटकीय क्षेत्रका रूपमा परिचित होटेल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा परेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति