नेभिगेशन
समाज विविध

मुख्यमन्त्री पाण्डेले भने- सडक पूर्वाधारको स्तरवृद्धि प्राथमिकतामा

काठमाडौँ- गण्डकी प्रदेशको ११ वटै जिल्लामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।

“जिम्मेवार चालक म, जिम्मेवार यात्री हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नारासाथ सप्ताहव्यापी अभियान सुरु गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले पोखरामा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सडक पूर्वाधारको स्तरवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध