नेभिगेशन
समाज विविध

नेपालमै पहिलोपटक त्रि. वि. शिक्षण अस्पतालमा सेक्स चेन्ज अपरेशन

काठमाडौं- नेपालमै पहिलोपटक त्रि. वि. शिक्षण अस्पताल अन्तर्गत व्यक्तिको लिङ्ग परिवर्तन (सेक्स चेन्ज अपरेशन)  भएको छ ।  

प्लाष्टीक सर्जरी विभागद्वारा सफलतापूर्वक सम्पन्न सो अपरेशन सम्पन भएको हो । अपरेशनको क्रममा अनुहार तथा स्तनका विभिन्न अप्रेशन समेत भएको थियो । जन्मदा लिङ्ग पुरुष भएका ती व्यक्तिको लिङ्ग परिवर्तन गरि महिला बनाइएको हो ।

जनकपुर निवासी ती २५ वर्षिया ट्रान्सजेण्डरमा गरिएको यस अपरेशनका क्रममा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अङ्गको पूनर्निर्माण गरिएको प्लाष्टिक सर्जरी विभाग प्रमुख जयनमान श्रेष्ठले बताए । उनका अनुसार यस्ले सो व्यक्तिलाई आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग गरेको छ । सर्जरीको लाग विदेशी प्लाष्टिक सर्जन समेत बोलाइको थियो ।

अपरेशन टिममा डा एलिरेजा  सहित नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभाग प्रमुख डा श्रेष्ठ , प्लाष्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्बिनको सहभागिता थियो तथा एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशी थिए । को टीमले सहयोग गर्नुभएको थियो । अब देखी यस अस्पतालमा नियमित रुपमा यस्तो अपरेशन सेवा गरिने   डा. जयन मान श्रेष्ठले बताए । 

हालसम्म यो अप्रेशन गर्न विदेशमा जानुपर्ने वाध्यता भएको र धैर खर्चिलो पनि हुने अवस्था थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध