नेभिगेशन
सुरक्षा–अपराध

नेपाली सेनामा शिख समुदायका युवाको पहिलो इन्ट्रि

काठमाडौं– नेपाली सेनामा शिख समुदायबाट पहिलो प्रवेश (इन्ट्रि) भएको छ।

बाँकेको जानकी गाउँपालिका– २, बनकटवाका करनसिंह शिखले नेपाली सेनामा पहिलोपटक शिख समुदायको प्रतिनिधित्व गरेका हुन्। 

अछाम जिल्लास्थित गोरख बक्स गण मंगलसेन ब्यारेकमा सम्पन्न दशौँ समूहको सैन्य तालिममा सहभागी करनले ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ पूरा गरेसँगै नेपाली सेनामा शिख समुदायको ‘इन्ट्री’ भएको हो।

करनको आगमनसँगै अल्पसंख्यक शिख समुदायको समेत सेनामा प्रवेश प्रारम्भ भएको गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए। 

छोरा सैनिक बनेपछि बाँकेबाट बधाई दिन अछाम पुगेका करनका बुबा लक्पतसिंह शिखले छोराको सफलता देखेर खुसी व्यक्त गरे। उनकी आमा जसवन्तीले त झन् छोराको मिहिनेतले सार्थकता पाएपछि खुसीका आँसु नै झारिन्। 

शिख समुदाय नेपालमा अल्पसंख्यकमा पर्छ। 

बाँकेका शिखनापुर, जमुनाह, बनकटहवा, बकौली, मनिपुर्वालगायत स्थानमा शिख समुदायको बस्ती छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध