नेभिगेशन
राजनीति

‘गृहमन्त्री रमेश लेखक राजीनामाका लागि तयार थिए’

काठमाडौं– गृहमन्त्री रमेश लेखक राजीनामाका लागि तयार रहेको ब्रिफिङ खुमलटारमा भएपछि माओवादी केन्द्रले त्यसलाई राजनीतिक औजार बनाएको छ।

‘बजेटअघि नै गृहमन्त्री राजीनामाको लागि तयार भएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले रोकिदिए’, खुमलटारमा माओवादी पदाधिकारीको बैठकमा ब्रिफिङ भयो। 

‘त्यस्तो हो भने हामीले उहाँको राजीनामालाई बटमलाइन बनाउनुपर्छ’, अध्यक्ष प्रचण्डले शुक्रबारको बैठकमा भने,‘टसमस भएर काम चल्दैन, अन्य विपक्षीले पनि राजीनामा माग गरिरहेका छन्। हाम्रो नेतृत्व हुनुपर्छ।’

यसपछि पदाधिकारी बैठकले एकमतले लेखकको राजीनामालाई बटमलाइन बनाएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति