नेभिगेशन
राजनीति

थेवेका नाममा सहमति जुटेन, राष्ट्रिय युवा संघ महाधिवेशन बबन्डरपछि निर्वाचन प्रक्रियामा

काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिमा नेतृत्व टुङ्गो लगाउनेगरी राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा प्रस्ताव गरिएका क्षितिज थेवेका नाम अघि सार्दा बन्दसत्रमा बबन्डर भएको छ।

महासचिव सुमन पुरी पक्षले बबन्डर गरेपछि युवा संघ १०औं महाधिवेशन निर्वाचन प्रक्रियामा गएको छ। बिहानदेखि निर्वाचन प्रक्रियाका काम सुरु भएका छन् भने भोटिङ मेसिन समेत ल्याइएको छ।

युवा संघ नेपालको १०औँ महाधिवेशन शुक्रवारदेखि पोखरामा चलिरहेको छ।

पोखरा सभागृहमा चलिरहेको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नबनेको हो। बहुमत प्रतिनिधिले सभा गृहको बन्द सत्रमा सहमतिको नाममा हुने दबाब सहन नसकिने भनी होहल्ला गरेका थिए।

यसअघि आज राती १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने तालिका रहेपनि सर्वसम्मतका लागि भन्दै निर्वाचन प्रक्रिया सुरु गरिएको थिएन। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी