नेभिगेशन
खेलकुद

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने

 

काठमाडौं– जोस बटलर, ज्याकोब  बेथेल  र विल जयाक्सले यस सिजनको आईपीएल प्ले अफ गुमाउने भएका छन् ।

भारत र पाकिस्तानको सीमामा तनाव बढेपछि इंग्ल्याण्डका यी खेलाडीले भारत छाडेका थिए ।


आईपीएलको नयाँ तालिका सार्वजनिक भए पनि उनीहरू अन्तर्राष्ट्रिय खेलमा आबद्ध हुने भएका कारण आईपीएलको प्ले अफ गुमाउने पक्का भएको हो ।

रोयल च्यालेन्जर बंगलोरका बेथेलले अबको दुई खेल खेल्ने छन् । यसपछि उनी एक दिवसीय खेलका लागि देश फर्कने छन् ।


बटलर र ज्याक्स पनि आईपीएल खेल्न भारत फर्केपछि प्ले अफ गुमाएर इंग्ल्याण्ड नै पुग्ने छन् ।

आईपीएलको मेगा अक्सन अगाडी नै इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसीबी)ले त्यहाँका खेलाडी पूर्ण रूपले उपलब्ध हुने जनाएको थियो । त्यो प्रतिबद्धता इसीबीले जनाएको भए पनि अहिले तालिकामा नै परिवर्तन आएका कारण त्यो सम्भव नभएको हो ।

इंग्ल्याण्डले २९ मे बाट सुरु हुने वेस्ट इन्डिजसँगको शृङ्खलाका लागि मंगलबार १६ सदस्यीय टोलीको घोषणा गरेको छ । आईपीएलको  नयाँ तालिका अनुसार २७ मे सम्म पहिलो चरणका खेल हुने छन् । २९ मेबाट प्ले अफ सुरु हुनेछ । २ जुनमा आइपिएलको फाइनल हुनेछ ।

राजस्थान रोयल्सका जोफ्रा आर्चर र चेन्नाईका जेमी ओभरटन पनि मङ्गलबार घोषित टोलीमा भए पनि उनीहरूको टोली पहिलो चरणबाट बाहिरिसकेको छ ।

एक दिवसीय टोलीमा नरहेका लियाम लिभिङस्टोन र फिल साल्ट भने आईपीएलका बाँकी खेलमा उपलब्ध हुने छन् । बैङ्गलोरका रोमारियो सेफर्ड र गुजरात टाइटानका सेरफाने रुदरफोर्ड वेस्ट इन्डिजको टोलीमा आबद्ध हुने सम्भावना छ । यसले ती टोलीलाई थप प्रभाव पार्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

हङकङ चाइनासँग नेपाल पराजित