नेभिगेशन
समाज विविध

दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको एनओसी स्थगित

काठमाडौँ - सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको एनओसी स्थगित गरेको छ ।

शिक्षा मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको एनओसी स्थगित गरेको जानकारी दिएको हो ।

मन्त्रालयले सूचनामा भनेको छ- 

प्रस्तुत विषयमा दक्षिण कोरियामा D2 र D4 भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरू (विशेष गरी Under Graduate Course अध्ययन गर्न) मा शुरूदेखि नै रोजगारीमा बढि प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, Study Hour कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले Black List मा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको, जस्ता समस्याहरू देखिएकोले कोरियामा अध्ययन गर्न जाने व्यवस्थामा व्यवस्थित एवं नियमन गर्नुपर्ने आवश्यकता देखिएको सन्दर्भमा, कोरियामा अध्ययन गर्नको लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमति पत्र (NOC) लाई व्यवस्थित एवं नियमन गर्ने उपायहरूका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न एक कार्यदल बनेको र उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी दक्षिण कोरियामा D2 र D4 भिसामा Under Graduate Course अध्ययन गर्न जाने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमति पत्र (NOC) जारी गर्ने कार्य हाललाई स्थगित गरिएको व्यहोरा मन्त्रालयको मिति २०८२/०१/२८ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध