नेभिगेशन
समाज विविध

गृहमन्त्रीले भने- शिक्षक सेवा र निजामती सेवा ऐन छिट्टै पारित गर्छौँ

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले छिट्टै नै शिक्षक सेवा ऐन, निजामती सेवा ऐन पारित गर्ने बताएका छन् ।

एकीकृत भन्सार जाँच चौकी रानी, विराटनगरमा प्रादेशिक आपत्कालीन गोदाम घर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको पनि उनले उल्लेख गरेका छन् ।

गृहमन्त्री लेखकले सरकारले सुशासनमार्फत जनतामा आशा जगाएको जिकिर गर्दै सरकार स्थायित्वको सन्देश पनि जनतामा दिएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध