नेभिगेशन
राजनीति

युवा संघको महाधिवेशन जेठ दोस्रो साता पोखरामा हुने

काठमाडौँ- नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन पोखरामा हुँदैछ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुन लागेको जनाएको छ ।

३ दिनसम्म चल्ने महाधिवेशनले ९ पदाधिकारीसहित १५१ केन्द्रीय कमिटीको चयन गर्नेछ । केन्द्रीय कमिटी ३३ प्रतिशत महिलाको सुनिश्चिता गर्ने संघका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

पदाधिकारी १० भन्दा कम बनाउने एमालेको नीतिबमोजिम यो महाधिवेशनबाट १७ जना रहेको पदाधिकारी ९ जनामा झर्नेछ । केन्द्रीय कमिटी पनि ३२९ बाट १५१ मा झर्नेछ । पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

हालका अध्यक्ष क्षितिज थेवेले पुनः अध्यक्ष नदोहोरिने घोषणा गरिसकेका छन् । यसर्थ यो महाधिवेशनबाट युवा संघले नयाँ अध्यक्ष पाउने निश्चित छ । स्रोतका अनुसारका अध्यक्षमा ४ जनाको दाबी छ ।

तीन उपाध्यक्ष महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरीले अध्यक्ष बन्ने आकाक्षा देखाएका छन् । सुमन यसअघि दुई कार्यकाल उपाध्यक्ष भई महासचिव बनेका थिए । महासचिवमा निरोज पौडेल, हालका सचिव पर्वत भण्डारी र विनय शाहसहितकाको आकाक्षा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमाले धनुषाको अधिवेशन स्थगित