नेभिगेशन
राजनीति

रवि लामिछाने उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ : हृदयश त्रिपाठी

काठमाडौँ- मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटघाट गरेका छन् । उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका थिए ।

त्रिपाठीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि प्रतिशोधका शिकार भएको बताएका छन् ।

‘रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ,’ उनले भनेका छन्। ‘खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेराबाहिर घुम्दैछन् । रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है, अन्धेर नहीँ-चेतना भया ।’

त्रिपाठीको यो स्टाटसमा प्रतिक्रिया जनाउँदै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति