नेभिगेशन
समाज विविध

मेलम्ची खानेपानी वितरण बन्द

काठमाडौं– उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ ।

केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ । 

लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध