नेभिगेशन
समाज विविध

आवासिय चिकित्सकलाई निजि मेडिकल कलेजले प्रवेश गर्नै दिएनन

काठमाडौ - निजि मेडिकल  कलेजले आवासिय चिकित्सकलाई कलेज प्रवेशमै रोक लगाएका छन्। एक महिना लामो आन्दोलन पछि  कलेज फर्किदा उनीहरुलाइ कलेजले प्रवेश गर्नै नदिएका हुन्।

 के एमसी मेडिकल कलेज, नोबल मेडिकल कलेज, विराट मेडिकल कलेज, सिएमसी मेडिकल कलेज लगायतले आवासीय चिसित्सकलाई प्रवेश रोकेका हुन्।नेपाल मेडिकल सङ्घका अध्यक्ष अनिल विक्रम कार्कीले निजि मेडिकल कलेजले आवासीय चिकित्सकको परीक्षा समेत रोक्ने धम्की निजि मेडिकल कलेजले दिएको बताए । 

यहि विषयमा वार्ता गर्न स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मन्त्रालयमा बोलाएको छ ।

अहिले स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकसित मन्त्रालयमा छलफल गरिरहेका छन्। छलफलका क्रममा मेडिकल कलेजले प्रवेश गर्न नदिएको जानकारी आवासीय चिकित्सकले गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध