नेभिगेशन
समाज विविध

मन्त्रिपरिषद् बैठक स्थगित, रोकियो राज्यमन्त्रीको शपथ

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ ग्रहणको कार्यक्रम रोकिएको छ । 

आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक र कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको थियो ।

गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध