नेभिगेशन
राजनीति

कांग्रेस सभापति देउवासँग टाढा हुन खोजेका एनपी साउदको घरमा चौथाइबालेको ‘डिनर’को अर्थ

काठमाडौं– कांग्रेस–एमाले सहमतिको सरकारसँग रुष्ट रहेका र सभापति शेरबहादुर देउवासँग टाढा हुन खोजेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदको घरमा भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख एनपी साउदको घरमा विहीबार साँझ डिनर गरेका छन्।

हालकी परराष्ट्रमन्त्री आरजु राणासँग राखी कुटनीति कायम राखेका चौथाईबालेले साउदको घरमा डिनर मिटिङ गर्नु समग्र सत्तासहित कांग्रेस आन्तरिक राजनीतिमा पनि अर्थपूर्ण रहेको बताइन्छ।

साउदको निवास भैंसेपाटीमा बिहीबार साँझ चौथाइलेले ’डिनर मिटिङ’ गरेका हुन्। उक्त भेटवार्तामा नेपाल भारत सम्बन्ध र समसामयिक राजनीतिका विषयमा छलफल भएको साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका विवरण आएका छन्।

छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री साउदले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गरेका थिए। उक्त घटनामा एक जना नेपालीसहित २६ जना मारिएका थिए।

बुधबार नेपाल भ्रमणमा आएका चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त भए। उनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री आरजू राणा देउवालगातसँग भेटवार्ता गरिसकेर शुक्रबार भारत फिर्ता हुने कार्यक्रम छ।

यहाँ साउदसँगको भेटलाई राजनीतिक रुपमा महत्व मानिएको छ। किनभने साउद अहिलेको सहमतिको सरकारसँग रुष्ट छन्। कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बने पनि सरकारका गतिविधिका कारण साउद केही भिन्न मतमा अडिएका छन्।

उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन सरकारमा परराष्ट्रमन्त्री बनेका थिए। उच्च स्रोतले भन्यो,‘यो गहिरो डिनर मिटिङले केही सांकेतिक अर्थ दिएको छ। तर, भित्र के कुराकानी भयो भन्नेबारेमाचाहिँ खुलासा हुन बाँकी छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति