नेभिगेशन
राजनीति

रेशम चौधरी पक्राउ परेपछि नाउपा र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित

काठमाडौँ- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । 

जनमत पार्टीका अध्यक्ष सिके राउतले एकता घोषणा कार्यक्रम स्थगित भएको बताएका हुन् । 

उनले सामाजिक संजाल एक्समा लेखेका छन् ।
पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ।  यसको हामी घोर भर्त्सना गर्दछौं।  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी