नेभिगेशन
समाज विविध

बुद्धज्योति लायन्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पाउन्ड रगत संकलन

बुटवल-  तिलोत्तमाको बुद्धज्योति लायन्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पाउन्ड रगत संकलन भएको छ । 

रक्त सञ्चार सेवा केन्द्र बुटवलमा शनिबार भएको रक्तदान कार्यक्रममा यस क्लबका पदाधिकारी, सदस्य, पूर्वपदाधिकारी र शुभेच्छुकहरु समेत गरी २७ जना रक्तदाताहरुले रक्तदान गरेका हुन् ।

क्लबका अध्यक्ष कृष्णप्रसाद पन्थीले पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव भएकाले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । आगामी दिनमा पनि यस्तै खालका रचनात्मक र सामाजिक कार्यक्रमलाई निरन्तरता दिन क्लब प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रममा  प्रमुख अतिथि लायन्स क्लबका एरिया ३ की चिफ शान्ति पाठक पाण्डे, क्लबका संस्थापक अध्यक्ष भक्तबहादुर खड्का लगायतले यस क्लबले सराहनीय कार्य गर्दै आएकोमा खुशी प्रकट गरे ।

कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट भक्त खड्का, पूर्वअध्यक्ष देवबहादुर कुँवर, सेकेन्ड भिपी विनोद भण्डारी, थर्ड भिपी शोभाखर खनाल, कार्यक्रम संयोजक देवीराम पन्थी, कोषाध्यक्ष हुतराज शर्मा लगायतले रक्तदान गरेका थिए । यस कार्यक्रममा उपस्थित भइ रक्तदान गर्ने सम्पूर्ण महानुभावहरुलाई क्लबका अध्यक्ष पन्थीले धन्यवाद एवं आभार प्रकट गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध