नेभिगेशन
समाज विविध

टेम्पुमा भेटिइन् पूर्व मन्त्री विद्या भट्टराई

काठमाडौँ- निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रारत भेटिएकी छिन् । केही समयअघि मात्र शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनी सफा टेम्पोमा भेटिएकी हुन् । 

टेम्पोमा यात्रा गरिरहेको तस्बिर एमालेका सांसद तारा लामा तामाङले सार्वजनिक गरेका हुन् ।

तामाङले आज फेसबुकमा पोस्ट गरेको तस्बिर तीन दिन अगाडिको भएको बताएका छन् । उनले भने, ‘उहाँको सादगीपन मन परेर मैले नै फोटो खिचेको हुँ । उहाँले अन्यथा मान्नुहोला कि भनेर दुई दिन सार्वजनिक गरिनँ । अनुमति लिएर आज राखेको हुँ ।’

मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध