नेभिगेशन
समाज विविध

प्रचण्डको प्रधानमन्त्रीत्व कालमा ८ क्विन्टल सुन तस्करी, माओवादी नै संलग्न!

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीत्व कालमा ८ क्विन्टल सुन तस्करी भएको गम्भिर अभियोग लागेको छ।

यो अभियोग अरुले नभई प्रचण्डलाई नेकपा कार्यकालमा अध्यक्ष मानेका हालका एमाले महासचिव शंकर पोखरेलले लगाएका हुन्। 

सत्ताको नेतृत्व गरेको एमालेको पहुँच अहिले सरकारको सूचनाको सबैभन्दा उपल्लो निकायमा रहेको महासचिव पोखरेलको यस्तो गम्भिर आरोपबारे केही न केही ठोस प्रमाण हुनुपर्ने कतिपयले जिकिर गरेका छन्।

एमाले स्थानीय विकास विभागद्वारा आयोजित बाँकेमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा माओवादी नेताहरूले सुन तस्करी गर्न पशुपतिमा सुन भनेर पित्तल चढाइयो भनेर हल्ला गरेको पाखेरेलको भनाई थियो। 

shankar_pokhrel-1741272949.jpg
‘पशुपतिमा सुनको जलहरी लगाउने भनेर सरकारले पैसा दियो। त्यहाँ सुनको होइन, पित्तलको जलहरी लगाएका छन् भनेर माओवादी नेताले संसदमै बोले, साह्रै ठूलो हल्लाखल्ला भएपछि छानबिन त गर्नुप¥यो, छानबिन गर्दा सुन नै हो भनेर प्रमाणित भयो। पित्तल भन्ने कुरा हल्लामात्रै रहेछ भन्ने प्रमाणित भयो, त्यो सुनको जलहरी पित्तल हो भनेर हल्ला गरेको त सुन तस्करी गर्न रहेछ’ भन्ने पोखरेलको अभियोगको माओवादीले आधिकारिक रुपमा खण्डन या चुनौती केही दिन सकेको छैन।

एकपछि अर्को माओवादीका नेताहरू सुन तस्करीमा आरोपित हुन थालेको दृष्टान्त पोखरेलले अगाडि सारेका थिए।  ‘कति सुन तस्करी भएछ भन्दाखेरि अवैध तरिकाले ल्याएको र सुन गालेको मेसिनमात्रै हेर्ने हो भने त्यो अवधिमा करिब ८ क्विन्टल सुन तस्करी भएको देखिन्छ’, पोखरेलले भनेका छन्।

त्यसो त पोखरेलको अभियोगका केही उदाहरण र दृष्टान्त नभएका होइनन्। माओवादी उपाध्यक्ष, सभामुख र गृह मन्त्रालय समेत सम्हालिसकेका कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सन्तानसहित तस्करीका आवद्ध रहेका मतियारसँगको उठबसका खबर पोखरेलका आरोपका दलील बन्न सक्ने आधार पनि हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध