नेभिगेशन
खेलकुद
खेलाडी

सशस्त्र प्रहरीले हुर्काइरहेको नेपाल महिला फूटबलकी ‘लेडी मेस्सी’

प्रिती कसरी फूटबलप्रति आकर्षित भइन्?

काठमाडौं– दशरथ रंगशाला काठमाडौंमा ‘फोर नेसन्स् इन्टरनेशनल उमन्स च्याम्पियनसिप’ चलिरहेको छ।

नेपाल लगातार दुई खेलको जितसहित फाइनलमा पुगिसकेको छ। टोलीमा एक से एक खेलाडी छन्। 

यद्यपि खेलको मध्यभागमा रहेर कौशलता प्रदान गरिरहेकी प्रिती राईको चर्चा गरिन्छ। 

फूटबलमा इलास्टिको एउटा यस्तो चाल हो जसमा मेस्सीले आफ्नो भित्री खुट्टाले बललाई पछाडि तान्छन् र त्यसपछि आफ्नो खुट्टाको बाहिरी भागले छिटो अगाडि धकेल्छन्। दिशामा हुने द्रुत परिवर्तनले भ्रामक भ्रम सिर्जना गर्दछ, जसले डिफेन्डरलाई बल एकातिर गइरहेको छ भने मेस्सी अर्कोतिर जान्छ भन्ने सोच्ने बनाउँछ असलमा त्यो मेस्सीले मूर्ख बनाएका हुन्छन्। 

नेपाली महिला फूटबलमा प्रिती राईको पनि यस्तै ‘मुभ’का भिडिओ फूटेज सामाजिक सञ्जालमा भाइरल भएको पाइन्छ। यसले के भन्न सकिन्छ भने नेपाली महिला फूटबलमा प्रिती एक ‘लेडी मेस्सी’ हुन्। भलै फूटबल जगतका यी महान् खेलाडीको नाम कसैसँग जोड्नु गलत होला तर यो प्रतिकात्मक मात्रै हो।

प्रिती कसरी फूटबलप्रति आकर्षित भइन्?

शारदा एकेडेमीबाट एसईईसम्मको अध्ययन पूरा गरेकी उनी कक्षा ७ पढ्दै गर्दा नेपाल युथ प्रोग्राम क्लबमा सामेल भइन्। त्यतिबेला उनी ११ वर्षकी मात्र थिइन्। त्यसपछि उनले सोही क्लबबाट फूटबल तालिमलाई निरन्तरता दिन थालिन्। त्यही क्लबबाट आफूले धेरै कुरा सिकेको उनले कतिपयलाई बताएका विवरण पाइन्छन्।

प्रितीलाई फूटबलप्रति अझै बढी मोह जाग्न थाल्यो। सोही प्रशिक्षणको दौरानमा प्रितीले २०७३ सालमा कोकाकोला कप खेल्ने अवसर पाइन्। उनले उक्त कप आइडियल सेकेन्डरी स्कुलबाट खेलेकी थिइन्। त्यसको ठिक एक वर्षपछि पुनः उनले सिन्धुपाल्चोकबाट कोकाकोला कप खेलिन्। त्यसपछि उनले काठमाडौं जिल्लाको प्रतिनिधित्व गर्दै उपमेयर कप खेलिन्। 

यसरी खेल यात्रा सुरु गरेकी प्रिती १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी थिइन्। 

प्रितीले भुटानमा भएको साफ यु–१५ खेल्न पुग्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन्।  त्यसपछि भने प्रिती उमेर समूहका खेलमा नियमित परिन्। उनी उमेर समूह टिमको एक हिस्साजस्तै बनिन्। 

उनले यू–१५, यू १६ र यू–१९ उमेर समूहबाट खेलिन्। उनी यू–१५ समूहको कप्तान समेत हुन्। 

उनको यो कौशलतालाई जगेर्ना गरी हुर्काउने जिम्मा सशस्त्र प्रहरी बलले लियो। उनी विभागीय टोलीमा सशस्त्र प्रहरी बल (एपीएफ)मा आवद्ध भइन्।
महिला राष्ट्रिय लिगमा प्रितीले एपीएफबाट डेब्यु गरेकी थिइन्। उक्त लिगमा उनले दुई गोलसमेत गरेकी थिइन् भने एक पटक म्यान अफ द म्याजसमेत बनेकी थिइन्। 

डेब्यु खेलमै म्यान अफ द म्याच बनिन्। 

उमेर समूहको प्रतियोगितामा कप्तानी सम्हाली सकेकी प्रितीले पहिलो पटक राष्ट्रिय टोलीमा सामेल हुँदा मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिएकी थिइन्।

राष्ट्रिय टिमको प्रशिक्षणमा कलिङमा परेकी उनी ४५ र २८ हुँदै अन्तिम २३ मा अटाइन्।

प्रितीको पारिवारिक पृष्ठभूमिमा कोही पनि त्यस्तो खेलाडी छैनन्। तर, उनलाई भने आफ्नो परिवार र स्कुलका शिक्षकले पढाइबाहेक अतिरिक्त क्रियाकलापमा साथ, सहयोग र उत्प्रेरित गर्दै आएका थिए।

उनी मिडफिल्डर हुन्। एउटा कुशल मिडफिल्डर।

मिडफिल्डरहरूले खेलको प्रवाह नियन्त्रण गर्छन्, रक्षालाई आक्रमणसँग जोड्छन् र सटीक पासिङ र बुद्धिमानी पोजिसनिङको साथ आक्रमण सुरु गर्छन्। डिफेन्सिभ कभर प्रदान गर्दैः मिडफिल्डरहरूले रक्षालाई ढाल्न, पासहरू रोक्न र विपक्षी आक्रमणहरू तोड्न महत्त्वपूर्ण भूमिका खेल्छन्।
यो कौशलतामा पूर्णताको लय समातिरहेकी छन्, प्रिती।

प्रिती राईको फूटबल यात्रा प्रेरणादायक छ। उनको मेहनत, समर्पण र उत्कृष्ट खेल कौशलले नेपाली महिला फूटबललाई नयाँ दिशा दिएको छ। उनको योगदानले नेपाली फूटबल प्रेमीहरूलाई गर्व महसुस गराएको छ र आगामी पुस्ताका खेलाडीहरूलाई प्रेरित गरेको छ। प्रिती राईजस्ता खेलाडीहरूको प्रयासले नेपाली फुटबलको भविष्य उज्ज्वल देखिन्छ।

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद