Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैदेशिक मुद्राको सञ्चिति बढेर मात्रै अर्थतन्त्र बलियो हुँदैन : अध्यक्ष ढकाल

शनिबार, मंसिर २९, २०८१

काठमाडौ‌ं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनोबल नबढेको बताएका छन् ।

samridhi jewllers

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एवम् सातौँ महासभामा बोल्दै अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन्।

उनले केही समय अघि सबैले नेपाल श्रीलंकाजस्तो हुने कुरा भनेपनि आफूले त्यो बेला नेपाल श्रीलंकाजस्तो हुँदैन भनेर दाबी गरेको र अहिले थोरै भए पनि अर्थतन्त्रमा चलायमान भएको बताए ।

अध्यक्ष ढकालले भने, ‘आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ। वैदेशिक मुद्राको सञ्चिति मात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन।’

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्