साफ वुमन च्याम्पियनसिप : रेखा पौडेलले बांङलादेशसँगको फाइनल खेल्न नपाउने
काठमाडौँ -महिला साफ वुमन च्याम्पियनसीपको फाइनल आज केहीबेरमा दशरथ रंगशालामा सुरु हुँदैछ । घरेलु टिम नेपाल र बांङलादेश उपाधिका लागि भिड्नेछन् ।
नेपालले अहिलेसम्म महिला साफ म्याम्पियनसीपको उपाधि जित्न सकेको छैन । पहिलो पटक देशले उपाधि चुम्ने चाहना र कामना बोकेर हजारौँ दर्शक रंगशालामा जम्मा भइसकेका छन् । उनीहरूले टिमको हौसला बढाउन कुनै पनि कसर बाँकी राख्ने छैनन् ।
खेलअघि नै नेपाल केही दबाबमा छ । टीमकी एक प्रमुख स्ट्राइकर रेखा पौडेल यो महत्त्वपूर्ण खेलमा अनुपस्थित रहनेछिन् । उनले भारतविरुद्धको सेमिफाइनलमा रातो कार्ड खाएर बाहिरिनु परेको थियो । रेफ्रीको त्रुटिपूर्ण निर्णयका कारण उनले सेमिफाइनलको करिब आधा हिस्सा त गुमाइन् नै, फाइनल खेल पूर्णरुपमा गुमाउनु परेको छ ।
फुटबलको नियम अनुसार एउटा खेलमा रातो कार्ड पाएको खेलाडीले लगत्तैको अर्को खेलमा भाग लिन पाउँदैन ।
रवार्डमा हुनेछन् ।