नेभिगेशन
पूर्वाधार

महानगरले भत्कायो कलंकी भाटभटेनी पर्खाल

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ ।

महानगरपालिकाले चक्रपथ (रिङरोड) को ‘राइट अफ वे’ पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।

चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको नगर प्रहरीले जनाएको छ । चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्