नेभिगेशन
पूर्वाधार

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

काठमाडौँ - सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दसैँका बेला ओहोरदोहोर गर्ने यात्रुहरू समस्यामा परेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधनहरूको लामो लाइन लागेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका–८ मा गए राति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्