Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘किओच’लाई विजयकुमार शाह परिवारको ४ करोड सहयोग

बुधबार, असोज १६, २०८१

काठमाडौँ —विजयकुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई चार करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

उक्त चाइल्ड हेल्थको बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि शाह परिवारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । शाह परिवारले निजी पुँजीबाट गत भदौ १३ मा पहिलो चरणमा १ करोड रुपैयाँ किओचलाई प्रदान गरीसकेको बताएको छ ।

शाह परिवारबाट सहयोग रकमका लागि जेजीआई नेपाल फाउन्डेसन (जेजीआईएनएफ) ले समन्वय एवं सहजीकरण गरेको हो । शाह परिवारको सहयोगको सम्मान गर्दै पीएसआईसीयू र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पीएसआईसीयू नामकरण गरिने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०१:५५
प्रतिक्रिया दिनुहोस्