नेभिगेशन
राजनीति

खुश्वु अब देशाटनमा, के हो लक्ष्य?

काठमाडौं– मनोरञ्जन क्षेत्र, विवाद हुँदै राजनीतिमा सक्रियता देखाएकी राप्रपा केन्द्रीय सदस्य खुश्वु ओली देशाटनमा निस्किने भएकी छन्।

पछिल्ला दिनमा सामाजिक सञ्जालमा पनि सक्रिय रहेकी ओली राजनीतिक कार्यक्रममा नभई युवा संवादका निम्ति देश दौडाहामा निस्कने भएकी हुन्। उनको यात्रा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट निरन्तर कोशीसम्म हुनेछ।

सातै प्रदेशमा युवा संवादका क्रममा उनले पलायन रोक्न सक्ने उपायलाई लक्ष्यका रुपमा राखेकी छन्।

‘आजको सबैभन्दा ठूलो चुनौती भनेको यहाँको जनसंख्यालाई सकेसम्म विदेश जानबाट रोक्नु र सकेसम्म युवा पलायन रोक्नु, उनीहरु आशाको किरण देखाउनु र उनीहरुलाई देशमा नै राख्नु हो’, खुश्वुको भनाई छ। 

एउटा जिम्मेवार नागरिक र राजनीतिक दलको नेताको हैसियतमा देशले अहिले भोगेका समस्याहरु समाधान गर्न पहल गर्नु दायित्व भएको खुश्वुको कथन छ। 

यो यात्रामा विशुद्ध राजनीति भन्दा पनि समाजमा रहेका समस्याहरु पहिल्याउने र त्यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान आकृष्ट गर्ने खुश्वुको बुझाई छ। 

गत निर्वाचनमा उनी झापाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार थिइन्। पराजित भइन्। उनी स्वतन्त्र उम्मेदवार बनेकी थिइन्। त्यसअघि उनी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीसँग नाम जोडिँदा चर्चामा थिइन्। 

नेपाली मनोरञ्जन क्षेत्रमा पनि उनले मोडलका रुपमा परिचय स्थापित गरेकी थिइन् भने सामाजिक कामका लागि गैर सरकारी संस्था चलाएको बिगत पनि छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति