नेभिगेशन
राजनीति

चियादानीमा देखिइन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो राजधानीको एक चियादानी पसलमा देखा परेकी छन्।

पछिल्लो समय राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै चर्चाको शिखरमा रहेकी भण्डारी शंखमुलस्थित एक चिया पसलमा पुगेकी हुन् ।

युवा उद्यमीहरूले गरेको नयाँ व्यवसाय, उनीहरूका समस्या र चासोबारे बुझ्न उनी चिया पसलमा पुगेको उनी निकटस्थहरूले बताएका छन् ।

चिया पसल सञ्चालन गरिरहेकामध्ये एक व्यवसायीका अनुसार, उनले नेपालीपन र नेपाली उत्पादनलाई प्राथमिकता दिन सल्लाह दिएकी थिइन् ।

यस्ता व्यवसायलाई लिएर युवाहरू थप क्रियाशील बन्न राज्य लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति