नेभिगेशन
राजनीति

अनुमोदित राजदूतका विषयमा रास्वपाको फरक मत

 

 

 

 

 

 

काठमाडौँ - संसदीय सुनुवाइ समितिबाट बहुमतले अनुमोदन भएका मध्ये केही राजदूतप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेको छ ।

१७ मुलुकका लागि १७ जना राजदूत सरकारबाट सिफारिस भएकोमा स्वपाले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत प्रा. धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाको नाममा फरक मत राखेको हो । उनीहरूमा उच्च नैतिक चरित्र नदेखिएकोले राजदूत पदमा नियुक्त गरिनुहुँदैन भन्ने आफ्नो प्रस्ताव स्वीकार नभएकाले समितिबाट पारित निर्णयमा फरक मत पेस गरेको रास्वपाका सांसद एवं सुनुवाइ समितिका सदस्य डोल प्रसाद अर्यालले जानकारी दिए ।

 

च्च नैतिक आचरणको कमी भएकालाई राजदूत पदमा नियुक्ति गर्दा भविष्यमा नैतिक आचरण क्षीण भएका व्यक्तिहरूलाई संवैधानिक नियुक्तिका लागि बल पुग्ने अर्यालले बताए ।

 

Tags :   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति