नेभिगेशन
राजनीति

केही सचिवको सरुवा, वाणिज्यमा कार्की, बुर्लाकोटीलाई तथ्याङ्क 

काठमाडौँ- सरकारले थप दुई सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य सचिव फेरेको हो । 

वाणिज्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गर्दै केही दिन अघि मात्रै सचिवमा बढुवा भएका सचिव गोविन्दबहादुर कार्कीलाई वाणिज्यमा ल्याइएको हो । 


तथ्याङ्क विभागका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाइए सँगै सरकारले बुर्लाकोटीलाई तथ्याङ्क कार्यालयको प्रमुखको रूपमा सरुवा गरिएको हो। बुर्लाकोटी १४ साउनमा प्राकृतिक स्रोत तथा वित्त आयोगबाट वाणिज्यमा सरूवा भएका थिए ।

बढुवा भएसँगै प्रदेश प्रमुख सचिवमा पदस्थापन भएका कार्की केही दिनमै संघीय मन्त्रालयको सचिवमा आएका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति