नेभिगेशन
अर्थ विविध

बुद्ध एयरको एउटा जहाजले व्यावसायिक उडानबाट लियो बिदा

काठमाडौँ- बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन)जहाज उडाउन बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ ।

१६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे ।यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ । ७० हजार साइकल पूरा गरेपछि व्यावसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो ।

नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध