नेभिगेशन
सुरक्षा–अपराध

नक्कली नोट बनाउने सामानसहित ८ जना पक्राउ 

लालबन्दी– सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँस्थित सिचाईको लागि गाडिएको बोरिङको खाली घरको कोठाबाट प्रहरीले नक्कली नोट बनाउने कागज, केमिकल बरामद गर्नुका साथै ८ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नक्कली नोट बनाउने कामको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गडहरिया, प्रहर िचौकी मधुवनी र सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा बल (बीओपी(को टोलीले ८ जनालाई नियन्त्रणमा लिँदै सामान जफत गरेको हो। 

काठमाडौं चन्द्रागिरी–१५ बस्ने सौगात थापामगर, बिजय लामा, सार्लहाी गोडैता–१२ का जनार्धन सिंह, भारतको सितामढी जिल्ला बैरगनिया ग्राम पंचायतका राजिब ठाकुर, सुबोध कुमार, रौतहट चन्द्रपुर–६ का विशाल राई र ललितपुर कुपन्डोल–१ का एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।

pk-1725273511.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

दुर्गा पनि पुगे डिल्लिबजार जेल