Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशबाट आइएमई पे वालेटमा पैसा पठाउँदा १ हजारसम्म क्यास ब्याक पाइने

आइतबार, साउन २०, २०८१

काठमाडौं- विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकले १ हजार रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन्।

अफरअन्तर्गत सेवाग्राहीहरूले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा १ हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

आइएमई पेले जारी ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा १ करोड र हरेक महिना १ लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरेको छ।

सेवाग्राहीहरूको उत्साह तथा हितका लागि बेला-बेलामा विभिन्‍न अफर सार्वजनिक गर्दै आएको आइएमई पेले यस अघिको योजनामा प्रयोगकर्ताहरूको उल्लेख्य सहभागिता र ग्राहकको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको बताएको छ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्