नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीद्वारा तीन राज्यमन्त्री नियुक्त, नाउपाले पनि पायो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। 

सत्ता साझेदार नेपाली कांग्रेसका दुई जना र समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक गरी तीन राज्यमन्त्री नियुक्त गरिएको छ। 

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ राज्यमन्त्री नियुक्त भए भने नाउपाबाट अरुण चौधरीलाई बनाइएको छ। 

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकलाई वन तथा वातावरण र तामाङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ।

योसँगै अब २२ सदस्यीय मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ। संविधानअनुसार मन्त्रिपरिषदमा २५ जना सदस्यभन्दा धेरै बनाउन पाइँदैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै