नेभिगेशन
राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय, विपक्षमा मतदान गर्न ह्विप जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘साउन ६ गते आइतबारका दिन दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भनि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिएको छ,’ प्रमुख सचेतक सन्तोष परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

असार ३० गते प्रधानमन्त्री नियुक्त भएका अ‍ोलीले आज सदनमा विश्वासको मत लिँदैछन् । रास्वपाले विश्वासको मत नदिएपनि ओलीलाई दुईतिहाई सांसद्को समर्थन रहेको छ ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी