नेभिगेशन
राजनीति

आगामी महाधिवेशनमा दाजु शेखरलाई सघाउने सुजाता कोइरालाको घोषणा, शशांकको साथ रहेको दाबी 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले १५ औं महाधिवेशनमा सभापतिमा दाजु शेखर कोइरालालाई सघाउने घोषणा गरेकी छन्। 

शुक्रबार पत्रकार सम्मेलन गरी सुजाताले भनिन्,‘हामी एकजुट हुनुको विकल्प छैन। आगामी महाधिवेशनमा दाजु सभापतिको उम्मेदवार हो। हामी शेखर दाईको पक्षमा उभिएका छौं।’

उनले शशांक कोइराला पनि शेखरको पक्षमा उभिने दाबी गरेकी छन्। ‘अनेकखाले कुरा आएका छन्। तर आगामी महाधिवेशनमा हामी तिनै जना एक ठाउँमा हुनेछौं’, सुजाताले भनिन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति