नेभिगेशन
बैंक–वित्त

प्रतिकित्ता ७ सय रुपैयाँमा महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ निर्धारण गरिएको छ । बिक्रीमा राखिएको उक्त संस्थापक सेयर जुनसुकै व्यक्ति तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् ।


खरिद आवेदन दिन इच्छुकले ३५ दिनको अवधिभित्र काठमाडौं ठमेलस्थित संस्थाको सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्नेछ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्