Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकपमा अस्ट्रेलियासँग बङ्गलादेश पराजित

शुक्रबार, असार ७, २०८१

काठमाडौं - आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको छ । अस्ट्रेलियाले ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा बङ्गलादेशलाई २८ रनले हराएको हो । ‘सुपर–८’ चरणको खेलमा अस्ट्रेलियाले हासिल गरेको यो पहिलो जित हो ।


अस्ट्रेलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो ।

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको थियो । जितसँगै अस्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्