Nic Ad Nic Ad
Nic Ad Nic Ad

टी-२० वरीयतामा एक स्थान तल झर्‍यो नेपाल

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ - नेपालको टी–२० वरियता खस्किएको छ। आईसीसीले बिहीवार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको हो।

samridhi jewllers

यसअघि १७औँ स्थानमा रहेको नेपालको वरीयता एक स्थान खस्किँदै १८औँ स्थानमा झरेको हो। नेपाललाई अमेरिकाले उछिनेको छ। यसअघि १८औँ स्थानमा रहेको अमेरिका एक स्थान उक्लिँदै १७औँ स्थानमा पुगेको हो।

नयाँ वरीयतामा भारत अझै शीर्षमै कायम छ। अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, वेष्ट इण्डिज चौथो तथा न्युजिल्याण्ड पाँचौँ स्थानमा छन्।

पाकिस्तानको वरीयता पनि एक स्थान खस्किँदै ७औँ स्थानमा झरेको छ। एक स्थान सुधार गरेको दक्षिण अफ्रिका छैँटौँ स्थानमा उक्लिएको छ।

नयाँ वरीयताअनुसार यूएई १६औँ र ओमान १९औँ स्थानमा छन्।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्