Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीतिक टिप्पणी

आखिर किन आरजु राणासँग नजिक भइरहेका छन् गृहमन्त्री लामिछाने?

बुधबार, जेठ ३०, २०८१

काठमाडौं– राजनीतिमा स्थायी शत्रु राख्न हुन्न भन्ने मान्यताको भारी बोक्ने लयमा हिँडेका छन् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने। नेपाली कांग्रेसका नेताहरूले बाक्लोगरी सहकारी ठगी काण्डमा लामिछानेलाई घेराउ गर्न थालेपछि त्यसलाई चिर्ने राजनीतिक कलाको अभिनयमा पारङ्गत जस्ता देखिएका छन्, लामिछाने। 

samridhi jewllers

जसलाई भ्रष्टाचारको मुहान भनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीदेखि स्वयम् लामिछाने पनि भन्ने गर्थे आज उनैको वैशाखीमा टेकेर राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण पेश गर्न खोजिएको छ। 

हुन पनि नेपाली राजनीतिमा यो नयाँ विषय नै होइन। हालसालै मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच भएको टिठलाग्दो सम्बन्ध फेरि सत्ताको गुलियो रसमा परिणत भएपछि अबिछिन्न जस्तो देखिन्छ। लामिछाने पनि यहि शैलीको राजनीतिक सम्बन्धको शुत्राधार केलाउने ठाउँमा पुगेका छन्। 

ओलीले प्रचण्ड र प्रचण्डले ओलीलाई कुन हदसम्म भनेका थिए भन्ने अहिले पनि संसदको रेकर्डमा भेट्न सकिन्छ। सार्वजनिक फोरमका बयानबाजी केलाउने हो भने त ओली–प्रचण्ड सहकार्य कसरी होला भन्ने स्वभाविक चासो हुन्छ। 

प्रचण्ड झूठमात्रै बोल्छन्, १७ हजारको हत्या गरेका भन्ने ओलीको आरोप र विदेशीबाट पालित पोषित पात्र ओली हुन् भन्ने प्रचण्डको टिप्पणीका अगाडि त कांग्रेसले लामिछाने र लामिछानेले कांग्रेस नेताप्रति गरेको टिप्पणी फितलो हो। 

एक राजनीतिक विश्लेषक भन्छन्,‘यस्तो तल्लो तहको राजनीति र सम्बन्ध नेपालमा मात्र देखिन्छ। हरेकका भ्रष्टाचार र ठगीकाण्ड मिलाउनका निम्ति जो कोही मिल्ने भए। सत्तामा होस् या प्रतिपक्षमा बसोस् मिलाउने प्रपञ्चको सम्बन्ध हुन्, पर्दापण हुँदा नपत्याउनेचाहिँ हामी मूर्ख जनता बन्यौं।’

अहिले टेरामक्सलगायतका विभिन्न प्रकरणमा कांग्रेस नेतालाई तान्ने वा गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीको नाममा कारबाही अगाडि बढाए सत्ताबाट सडकमा पुगिन्छ भन्ने पत्तो पाएका लामिछानेले जानेका छन् कि जनता झुक्याउन बोलिदिए पुग्छ, यहाँ कसले पो गरेको छ र? 

एक पटक मन्त्री पद गुमाएको र अर्को पटक सोही पदमा कायम रहनुपर्छ भने कांग्रेसका महामन्त्री गगन थापासँग विवाद रहे पनि सभापति शेरबहादुर देउवासँग नजिक रहन लामिछानेलाई स्वर्णिम वाग्लेलगायतका नेताले सुझाव दिए। यसैकारण अहिले लामिछाने आरजुप्रति झुकाव राख्छन्। त्यसैले त कृषि समितिको बैठकका क्रममा मन्द मुस्कानमा देखिएका दुवै जनाको भिडिओ सार्वजनिक भयो। जहाँ लामिछाने भन्छन्,‘हामी भेट हुने, सौहार्द सम्बन्ध राख्ने मञ्च पनि हुने रहेछ!’

rabi-arju-1717755827.jpg

लामिछानेलाई स्पष्ट थाहा छ कि आज या भोली कुनै पनि बेला सत्ता समीकरण परिवर्तन हुन सक्छ। सम्बन्ध तिखो तिक्ततामा राखे विचाराधिन रहेको राहदानी प्रकरणको काउछोले लामिछानेलाई छाड्ने छैन। र, त्यसको उपयोग कांग्रेसले गर्न सक्छ। 

अहिले टेरामक्सलगायतका विभिन्न प्रकरणमा कांग्रेस नेतालाई तान्ने वा गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीको नाममा कारबाही अगाडि बढाए सत्ताबाट सडकमा पुगिन्छ भन्ने पत्तो पाएका लामिछानेले जानेका छन् कि जनता झुक्याउन बोलिदिए पुग्छ, यहाँ कसले पो गरेको छ र? 

यसैकारण पनि लामिछाने कांग्रेसकी ‘राष्ट्रिय भाउजू’ हुँदै सभापति देउवासँगको सम्बन्धलाई पनि चिसो बनाउने पक्षमा देखिँदैनन्। आगामी दिनमा समीकरणमा रहने संकेतसहित लामिछानेले भनेका थिए,‘हामी प्रजातान्त्रिक मान्यता, समान विचार बोक्नेबीच नै लड्नु परेको छ।’

राजनीतिको चक्का सही दिशामा चलेको छ या खराबतिर दौडिएको छ, त्यसबारे साता, महिना र बर्ष दिनमा स्पष्ट हुनेनै छ। तर, यहाँ सर्पले सर्पको खुट्टा देख्छ भनेजस्तो राजनीतिको केन्द्रमा सत्तामा रहेका पक्ष र विपक्षले एकअर्काको खुट्टा स्पष्ट देखिसकेका छन्।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्