Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखराका सहकारी पीडितमाथि प्रहरीको ज्यादती, प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा देखाइयो

बुधबार, जेठ २३, २०८१

पोखरा– सूर्यदर्शन सहकारीका पीडितमाथि पोखरामा प्रहरीले ज्यादती गरेका छन्। न्याय माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाउने क्रममा दुई जनामाथि प्रहरीले कुटपिट गरेको छ भने ११ जनालाई पक्राउ गरेको छ। 

सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको हो। 

प्रधानमन्त्री प्रचण्ड पोखराको सभागृहमा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका थिए। सो क्रममा सहकारी पीडितले न्याय माग गरेका थिए। प्रहरीले धरपकड गर्ने भएपछि उनीहरूले कालो झन्डा देखाएका थिए।

सूर्यदर्शन सहकारीको करोडौं रकम ठगी गरी फरार रहेका गितेन्द्रबाबु राई उर्फ जीबीलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन। ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको आरोप लागिरहेको छ। 

यसअघि पनि प्रधानमन्त्रीसँग न्याय माग गरेका थिए। ठगी प्रकरणमा संलग्नलाई पक्राउ गरिने आश्वासन पाए पनि सरकारले काम गरेको थिएन।  
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्