दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु

बुधबार, वैशाख २६, २०८१

 काठमाडाैं - दोलखा जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना पुरुष र चार जना महिला रहेका छन् ।

त्यस्तै २२ वटा सवारी दुर्घटनामा परेर ६७ जना घाइते भएका थिए।जसमा २९ जना गम्भीर घाइते,३८ जना सामान्य घाइते भएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ४३ लाख ५६ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु वर्षको ९ महिना बित्दा छ हजार तिन सय सवारी साधन कारबाही तथा जरिवाना मार्फत ४३ लाख ५६ हजार पाँच सय रुपैयाँ संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयले ट्राफिक नियम उलंघन गर्ने आठ सय १३ वटा  ट्रक कारबाही मार्फत सात लाख ३१ हजार,नौ सय२५ वटा बस कारबाहीबाट सात लाख ७९ हजार, १८ सय १२ वटा कारजिप कारबाहीबाट १४ लाख १५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दोलखाका ट्राफिक इन्चार्ज ठाकुर भट्टराईले बताए ।

उनका अनुसार ३४ वटा ट्याक्टर कारबाही मार्फत ३१ हजार र १७ सय  १६ वटा मोटरसाइकल कारबाहीबाट १३ लाख ९८ हजार पाँच सय राजस्व संकलन भएको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्